शुक्रबार, वैशाख ७, २०८१

प्रचण्ड–नेपाल समूहकको स्थायी कमिटी बैठक सुरु

नेपालखोज २०७७ फागुन २४ गते १६:४०

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी मुद्दाको फैसला गरी ऋषि कट्टेललाई पार्टीको आधिकारिकता दिँदै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

पछिल्लो परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्नका लागि बैठक बसिरहेको हो । सर्वोच्च अदालतको निर्णयविरुद्ध पुनरावलोकनमा जाने कि एमाले र माओवादी केन्द्रतिर नै लाग्ने भन्ने यो स्थायी कमिटी बैठकले टुंगो लगाउने बताइएको छ ।

कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने सर्वोच्च अदालतको फैसलासँगै सरकार र २०७५ जेठ ३ गते एकीकृत भएको नेकपाको अस्तित्व एकै पटक संकटमा परेको छ । योसँगै अबको सत्ता समीकरण, संसद् र निर्वाचन आयोगमा विचाराधीन नेकपाको आधिकारिकताको लडाइँ अर्को मोडमा प्रवेश गरेको छ ।

प्रतिक्रिया