शुक्रबार, वैशाख १४, २०८१

कुमारी बैंकका ग्राहकले विरगञ्जस्थित प्रभु अस्पतालमा २० प्रतिशत छुट पाउने

नेपालखोज २०७७ फागुन २४ गते १७:२५

काठमाडौं । कुमारी बैंकका ग्राहकले विरगञ्जस्थित प्रभु अस्पतालमा २० प्रतिशत छुट पाउने भएकाछन । कुमारी बैंक र प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएपछि ग्राहकहरुले यस्तो सेवा पाउने भएकाहुन ।

सम्झौतामा कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरेकाछन । सम्झौता अनुसार प्रभु अस्पतालको विभिन्न सेवा शूल्कमा २० प्रतिशत र औषधीमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा पाँच प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया