शुक्रबार, वैशाख १४, २०८१

अवैध लागूऔषध सहित पक्राउ

नेपालखोज २०७७ फागुन २४ गते १८:०९

मोरङ । बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट ८.२ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने बस्तु, ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र १ सय ४४ चक्की स्पास्मो प्रक्सिभोन सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका–६ बस्ने ३९ बर्षीय विकास अग्रवाल रहेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी मटरुवा र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले प्रदेश १–०२–०४३ प ४७५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक अग्रवाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया