शुक्रबार, वैशाख ७, २०८१

एक थान पेस्तोल सहित दुई जना पक्राउ

नेपालखोज २०७७ फागुन २४ गते १८:५२

नवलपरासी (पूर्व) । एक थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । कावासोती नगरपालिका–१६ चालिसकिलो जंगलस्थित सडकबाट एक थान पेस्तोल सहित गोरखा चुमनुब्री गाउँपालिका–३ बस्ने २ जना १८ बर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना.५ ख ६५६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया