बिहीबार, चैत १५, २०८०

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ फागुन २४ गते १९:१५

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कपिलवस्तुमा ८५ वर्षीया महिलालाई कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धनुषामा पनि ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका–५ विशरामपुर बस्ने ६५ बर्षीय कुमार बहादुर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया