शुक्रबार, वैशाख १४, २०८१

नेकपा एमालेको सचिवालय बैठक स्थगित

नेपालखोज २०७७ फागुन २५ गते १०:२७

काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन गरिएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनालहरूले एमालेमा फर्किने निर्णय नगर्दै आज बोलाइएको सचिवालय बैठक स्थगन गरिएको हो ।

एमाले महासचिव ईश्वर पोखरेलले आज ९ बजेका लागि सचिवालय बैठक बोलाएका थिए ।

सर्वोच्चको फैसलापछि एमालेमा फर्कने निर्णय गरेसँगै थप तयारी नपुगेको भन्दै बैठक स्थगन गरिएको जनाएको छ ।

ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव हुनेछन् ।

प्रतिक्रिया