बिहीबार, चैत १५, २०८०

मन्त्रिपरिषद् बैठक बस्दै, आगामी रणनीतिबारे छलफल हुने

नेपालखोज २०७७ फागुन २५ गते १०:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उनले पहिलोपटक बैठक राखेका हुन् ।

बैठकका एजेन्डाबारे भने कुनै जानकारी नभएको बताउँदै एक मन्त्रीले भने, ‘सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्छ ।’ सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री ओलीले आफूपक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका थिए ।

प्रतिक्रिया