शुक्रबार, मंसिर २८, २०८१

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर राखियो एमालेको बोर्ड

नेपालखोज २०७७ फागुन २५ गते ११:२३

काठमाडौं । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर नेकपा (एमाले)को बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिए पछि धुम्बाराहीस्थित पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनु अगाडि धुम्बाराहीमा एमालेकै मुख्यालय थियो ।

यस्तै, देशभरका तत्कालीन एमालेका कार्यालयहरुमा पनि नेकपाको बोर्ड हटाएर एमालेकै बोर्ड राख्न निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरण बदर गरिदिएको थियो ।

प्रतिक्रिया