शनिबार, वैशाख ८, २०८१

माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलायो

नेपालखोज २०७७ फागुन २५ गते १३:००

काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ ।

मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने बताइएको छ ।

आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई ब्यूँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो ।

प्रतिक्रिया