मेयर कप : नेपाल पुलिस क्लबले दोस्रो जित
नेपालखोज
२०७७ फागुन २५ गते १३:२८

काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ३९ रन बनाए ।
त्यस्तै पवन सर्राफले अविजित २२ रन जोडे । दिलिप नाथले १५ रन बनाएर आउट भए । आर्मीका शाहब आलम एक्लैले ७ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए ।
त्यस्तै बिक्रम सोबले १४ रन जोड्दा रोहित पौडेलले १३ रन बनाए । पुलिसका सागर ढकालले ५ विकेट लिए । पवन सर्राफले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया