बिहीबार, वैशाख १३, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेपालखोज २०७७ फागुन २५ गते १४:०५

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो । बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने स्थायी कमिटीका सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

माओवादी केन्द्रले मङ्गलवारको बैठकका लागि एमालेमा गइसकेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणिचन्द्र थापालाई पनि बोलाएको छ । यद्यपि एमाले खेमामा लागेका नेताहरू अहिलेसम्म पेरिसडाँडा नपुगेको पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया