शुक्रबार, वैशाख १४, २०८१

सिंहदरबारमा जसपा संसदीय दलको बैठक सुरु

नेपालखोज २०७७ फागुन २५ गते १४:३५

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा केन्द्रित छ ।

बैठकमा अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायत उपस्थित छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे छलफल बैठकमा हुँदैछ ।

प्रतिक्रिया