शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री ओली माओवादी नेताहरुको व्यवस्थाबारे निरन्तर छलफलमा

नेपालखोज २०७७ फागुन २५ गते १५:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समूहमा रहेका माओवादी नेताहरुको व्यवस्थापनबारे छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोवबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गरेका हुन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादीलाई एकीकरण पूर्वको अवस्थामा फर्काएपछि आइतबार साँझदेखि नै ओली माओवादी नेताहरुको व्यवस्थापन र कानूनी पाटोका बारेमा छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले औपचारिक र अनौपचारिक छलफल भइरहको बताए ।

मंगलबारको बैठकमा एमाले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल पनि सहभागी भएका छन् ।

सरकारमा माओवादीका थापा, रायमाझी, भट्टसहित सहरी विकास मन्त्री प्रभू साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, युवा तथा खेलकुद मन्त्री दावा तामाङ र खानेपानी मन्त्री मणि थापा छन् । तीमध्ये मणि थापाले एमाले नछाड्ने सार्वजनिक गरिसकेका छन् भने अरु मन्त्रीले कुनै पनि अभिव्यक्ति सार्वजनिक गरेका छैन ।

प्रतिक्रिया