शनिबार, वैशाख १५, २०८१

चैत १ गते कार्यकर्ता भेला गर्दै माओवादी केन्द्र

नेपालखोज २०७७ फागुन २५ गते १६:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

यसैगरी बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय समेत गरेको छ । नेता नारायणकाजी श्रेष्ठले बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि माओवादी केन्द्रको बसेको पहिलो स्थायी कमिटी बैठकले जारी छ ।

साबिकको नेकपा विभाजित हुँदा केपी ओली समूहतिर लागेका नेताहरुबारे बैठकमा कुनै निर्णय भएको छैन ।

प्रतिक्रिया