शुक्रबार, वैशाख ७, २०८१

एकताका लागि १५ दिनभित्र उपस्थित हुन एमाले र माओवादीलाई निर्वाचन आयोगको पत्र

नेपालखोज २०७७ फागुन २५ गते १६:२७

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई एकीकरणका लागि १५ दिनको समय दिएको छ ।

मंगलबार आयोगले एमाले र माओवादीलाई एकीकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित हुन पत्र पठाउने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदर भएकाले साबिककै अवस्थाना १५ दिनभित्र एकताका लागि आयोगमा निवेदन दिन पत्र पठाउने निर्णय गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘आयोगको मिति २०७५/२/२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी (लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको मिति २०७७/११/२३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी (लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया