शुक्रबार, वैशाख १४, २०८१

नेपाल बैंकद्वारा अग्नि पीडितलाई पाँच लाख रुपैयाँ सहयोग

नेपालखोज २०७७ फागुन २५ गते १६:३३

काठमाडौं । नेपाल बैंकले अग्नि पीडितलाई रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक ताप्लेजुङ जिल्लाको दोभान बजारका अग्निपीडितहरुलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैकका अनुसार ताप्लेजुुङ जिल्लाको दोसे व्यापारिक केन्द्र दोभान बजारमा यही फागुुन १८ गते लागेको भिषण आगलागीमा परी ५२ वटा घर र घरसंगै मालसामानहरु जलेर नष्ट भएको थियो । उक्त घटनाबाट पीडित भएका घर परिवारहरुले दामासाहीले पाउनेगरी पाँच लाख रुपैयाँ रकम सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।

बैकले हाल ६९ वटा जिल्लामा दुुई सय पाँच वटा शाखाहरु, ४१ वटा एक्सटेन्सन काउन्टर र एक सय ४४ वटा एटिएम मार्फत बित्तीय कारोवार सञ्चालन गर्दे आएको छ । आगमी आर्थिक बर्षमा सबै जिल्लाहरुमा शाखा पुर्याउने लक्ष्यका साथ अगाडि बढेको बैंकले जनाएको छ ।

प्रतिक्रिया