बिहीबार, चैत १५, २०८०

निर्वाचन आयोगद्वारा ओली र प्रचण्ड अध्यक्ष रहेको ‘नेकपा’ खारेज

नेपालखोज २०७७ फागुन २५ गते १६:३८

काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।

दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जानकारी दिने पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया