एमालेसँग वार्ता गर्न जसपाद्वारा दुई सदस्यीय समिति गठन
नेपालखोज
२०७७ फागुन २५ गते १७:२३
काठमाडौं । जनता समाजवादी पार्टीले नेकपा एमालेसँग वार्ता गर्न दुई सदस्यीय समिति गठन गरेको छ ।
मंगलबार दिउँसो सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको जसपा संसदीय दलको बैठकले नयाँ सरकार गठनलगायतका विषयमा एमालेसँग वार्ता गर्न वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीमा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुवै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।
त्यसैले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ ।
नेकपा एमालेले भने नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेको समिति बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया