निर्धन उत्थान लघुवित्तको २२ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा आज (मंगलबार) नक्साल, काठमाण्डौ स्थित सभाहलमा भर्चुअल (जुम) को माध्यमबाट सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष शरद निधि तिवारीको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष तिवारीले आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
सभाले सामान्य प्रस्ताव तर्फ आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको मिति २०७७ आषाढ मसान्तको चुक्ता पूँजी एक अर्ब ५० करोडको शुन्य दसमलव ६८ प्रतिशतले हुन आउने रकम एक करोड २ लाख ६३ हजार एक सय ५८ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस संस्थाको आ.व. २०७७÷७८ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम श्री सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई लेखापरीक्षक नियुक्त गरेको थियो ।
त्यसैगरी विशेष प्रस्ताव तर्फ संचालक समितिबाट सिफारिस तथा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम आ.व. २०७६/७७ को मुनाफाबाट हाल कायम संस्थाको चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने १९ करोड ५० लाख बराबरको बोनस शेयर जारी गर्ने, संस्थाको अधिकृत जारी तथा चुक्ता पूँजी वृद्धि प्रस्तावित बोनस शेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, यस संस्थाले अन्य इजाजतप्रत्रप्राप्त “घ” वर्गका एक वा एकभन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समिति तथा समितले तोकेको व्यक्तिलाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने, संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाको प्रवन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सो मा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।
सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु अमृत नाथ रेग्मी, दामोदर प्रसाद रेग्मी, डमरु बल्लभ घिमिरे र इन्द्र कुमार श्रेष्ठले साधारण सभामा आफ्नो राय सुझाव पेश गर्नु भएको थियो ।
साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफनो मन्तव्य दिएका थिए । वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित शेयरधनीहरुले सर्वसम्मतिबाट पारित गरेको घोषणा गरेका थिए ।
प्रतिक्रिया