शुक्रबार, वैशाख ७, २०८१

केरा खाने विधि र तरिका

नेपालखोज २०७७ फागुन २६ गते ५:२७

१. दिनमा कति खाने ?
केरामा क्यालोरीको मात्रा बढी हुन्छ । सुगर र फाइबरको मात्रा पनि पाइन्छ केरामा । फाइबरले पाचनक्रिया सुस्त गरिदिन सक्छ । केरामा पाइने पोषक तत्वले शरीरमा लामो समयसम्म ऊर्जा दिइरहन्छ । दिनमा दुईवटाभन्दा धेरै केरा खानु स्वास्थ्यका दृष्टिकोणले उचित नहुने विज्ञहरूको सुझाब छ । केरा खाँदा क्यालोरी अत्यधिक बढ्न सक्ने हुनाले लिमिटमा खानुपर्ने उनीहरूको सुझाब छ । एउटा ठूलो आकारको केरामा लगभग १२० क्लालोरी हुन्छ ।

२. कुन समय खाने ?
शरीरको ऊर्जा खर्च हुने समय पारेर केरा खानु उत्तम हुन्छ । केरा खाएपछि हार्डवर्क गरिएन भने फाइबर पचाउन गाह्रो पर्छ । एक्सरसाइज गर्नुभन्दा १०–१५ मिनेटअघि या पछि केरा खानु सबैभन्दा उत्तम समय हो । हार्डवर्कका वेला केरामा हुने कार्बोहाइड्रेट्सले शरीरलाई लामो समयसम्म ऊर्जा दिन्छ ।

३. केराले तौल बढाउँछ ?
क्यालोरी बढ्नेगरी केरा खाइएन भने तौल पनि बढ्दैन । आवश्यकताभन्दा धेरै क्यालोरी बढ्नेगरी खाँदा तौल स्वतः बढ्न जान्छ । स्वास्थ्यका लागि आवश्यक जुनसुकै स्वस्थ आहार पनि मात्राभन्दा बढी खाए तौल बढ्नु स्वभाविक नै हो । यतिमात्रै फरक हो, केराले तौल छिटो बढाउँछ ।

प्रतिक्रिया