शनिबार, जेठ ४, २०८२

खुलामञ्च खान खोज्ने भूमाफिया मनोज भेटवाललाई प्रहरीले भेट्टायो

नेपालखोज २०७७ फागुन २६ गते ६:०३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ। भेटवालसहित ६ जनालाई नियन्त्रणमा लिएर विशेष अदालतमा पेश गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

भेटवालले पुरानो बसपार्कमा भ्युटावर निर्माण गरिरहेका थिए। उनीविरुद्ध बैंकिङ कसुर लगायतका आरोप पत्र दायर गरिएको छ। खुल्लामञ्च कब्जा गरेर संरचना बनाएपछि भेटवाल चर्चामा आएका थिए।

प्रतिक्रिया