मंगलबार, असार १७, २०८२

पशुपतिमा विन्दास बाबा (फोटोफिचर)

नेपालखोज २०७७ फागुन २७ गते ९:५४

काठमाडौं । महाशिवरात्रीको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका साधुसन्तहरुले पशुपति क्षेत्र भरिभराउ भएको छ । विशेषगरी शिवभक्तहरुका लागि महाशिवरात्री सबैभन्दा ठूलो उत्सव हो ।

हिन्दुहरुका लागि पशुपतिनाथ प्रमुख तीर्थस्थलमध्ये एक हो । शिवरात्रीका लागि लाखौँ मानिसहरु पशुपतिनाथको दर्शनका लागि पुग्ने गर्छन् ।

त्यसो त महाशिवरात्रि पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ । भक्तनहरूको घुइँचो लागेको छ । पर्वकै लागि पशुपति क्षेत्र सजाइएको छ । नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्त आइपुगेका छन् । शिवरात्रिमा भारतीय भक्तजन पनि उल्लेख्य हुने गरेका छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने परम्परा छ । यस रातलाई हिन्दू धर्मावलम्बीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातका रुपमा लिने गर्छन् ।

मनिसहरुले जानेर वा नजानेर शिवरात्रिको व्रत सम्पन्न गरे पनि मुक्ति मिल्ने पुराणमा उल्लेख छ । हिन्दू धर्मशास्त्रमा भगवान् शिको उत्पत्ति फागुण कृष्ण चतुर्दशीकै दिन भएको मानिन्छ ।

प्रतिक्रिया