बिहीबार, वैशाख १३, २०८१

बिहीबार बढ्यो सुनचाँदीको मूल्य

नेपालखोज २०७७ फागुन २७ गते ११:०३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार ८६ हजार २ सयमा कारोबार भएको सुनको मूल्यमा बिहीबार ६ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य भने ८६ हजार ३ सय ५० रुपैयाँ कायम रहेको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज १५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया