शनिबार, वैशाख १५, २०८१

युवक हत्या आरोपमा एमाले नेता बाँस्कोटा पक्राउ

नेपालखोज २०७७ फागुन २७ गते ११:०७

काठमाडौं । मोरङ पथरीशनिश्चरे नगरपालिका–१० निवासी १९ वर्षीय सन्दिप भण्डारीको शंकास्पद मृत्यु भएको घटनाको आरोमा प्रहरीले नेकपा एमालेका नेता युवराज बाँस्कोटालाई पक्राउ गरेको छ ।

गत पुस १४ गते बाँस्तोटाको घरमा सुतेका भण्डारीको शंकास्पद मृत्यु भएको थियो । सोही घटनाको आरोपमा प्रहरीले ७२ दिनपछि बुधबार नेता बाँस्कोटालाई नियन्त्रणमा लिएर मोरङ प्रहरीले अनुसन्धान थालेको हो ।

बाँस्कोटालाई बुधबार नै अदालतबाट म्याद थप गरेर इलाका प्रहरी पथरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

यता बाँस्कोटाले सन्दिपको मृत्यु भवितब्य भएकोले आफु निर्दोष रहेको बताउदै आएका थिए । तर, सन्दिपका आफन्तले भने शरिरमा चोट भएकोले मृत्यु भवितव्य नभएर हत्या नै भएको र हत्यारा बाँस्कोटा नै हो भनेर पुस २६ मा किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया