शुक्रबार, वैशाख १४, २०८१

संसदमा विश्वासको मत ल्याउन नसके प्रधानन्त्रीले राजीनामा दिनुहुन्छ : ईश्वर पोखरेल

नेपालखोज २०७७ फागुन २७ गते ११:३८

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताएका छन् । बिहीबार वीरगञ्जमा पत्रकारसँगको भेटमा नेता पोखरेलले सो कुरा बताएका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्र गरी नेकपा दुईवटा पार्टी भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ कसरी जानुहुन्छ ? भन्ने प्रश्नमा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजीनामा दिने बताएका हुन् ।

संसद् पुनस्र्थापित भएपछि संसदीय प्रक्रियाबाटै अघि बढ्ने बताउँदै उनले भने–‘माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने के हुन्छ ? समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ, पाउनुभयो भने ठीकै छ । हैन भने राजीनामा दिनुहुन्छ ।’

साथै उनले प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि संविधानको धारा ०७६ को उपधारा २ अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने कोसिस हुन्छ । सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन ।

त्यस्तै सर्वाेच्च अदालतको फैसलाले ०७५ साल जेठ २ गतेको अवस्थामा एमाले र माओवादी केन्द्रलाई पु¥याएको बताउँदै उनले संसद्ले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको बताए ।

०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेकोे थियो । ऋषि कट्टेलले नाममा दाबी गर्दै अदालत गुहारेपछि उनकै पक्षमा सर्वोच्चको फैसला आइसकेको छ ।

प्रतिक्रिया