सागरमाथालगायतका हिमाल आरोहणमा जथाभावी फोटो, भिडियो खिच्न नपाइने

काठमाडौं । सगरमाथालागायतका हिमाल आरोही, पथप्रर्दशक र भरियाहरुले अब फोटो र भिडियो खिचेर सार्वजनिक गर्न नपाउँने भएका छन् ।
जथाभावी रुपमा फोटो र भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढेको भन्दै पर्यटन विभागले यसमा कडाई गरेको हो ।
अब आफू सम्बद्ध दल र दलका सदस्यको आरोहण गतिविधिबाहेक कुनै पनि पर्वतारोही दल वा दलका सदस्यले फोटो, भिडियो र फिल्मि सम्बन्धी काम गरी त्यसको प्रचारप्रसार र प्रकाशन गर्न नपाइने भएको छ ।
यस्तो गतिविधिले हिमाल आरोहणमा असर परेकोले उक्त कार्य रोक्न खोजिएको विभागले जनाएको छ ।
यस अभि भूकम्पका बेला पनि सगरमाथामा गएको हिमपहिरो, आरोहिका शव, त्यहाँ थुप्रिएका फोहोर लगायत नकरात्मक विषयमा जथाभावी फोटो भिडियो खिचेर बेचविखन गर्ने र नेपालको आरोहण बारे नकरात्मकता फैलाउने लगायतका गतिविधि गरिएकोले यसलाई रोक्न कडाई गरिएको हो ।
यो संगै विभाले फोटो भिडियो या डकुमेन्ट्री छायांकन गर्नु परेमा अनिवार्य स्वीकृति लिने पर्ने नियम समेत बनाएको छ ।
प्रतिक्रिया