बिहीबार, वैशाख १३, २०८१

सैनिकमञ्च टूँडिखेलमा जे देखियो…

नेपालखोज २०७७ फागुन २७ गते १३:३०

काठमाडौं । नेपाली सेनाले बिहीबार विशेष रुपमा सेना दिवस मनाइरहेको छ । सेना दिवसका अवसरमा काठमाडौंको टूँडिखेलमा भएको विशेष समारोहमा कलाकौशलको प्रदर्शनसहित आतिसबाजी गरिएको छ ।

सेनाले हेलिकप्टरमार्फत ब्यानर प्रदर्शन गर्दै पुष्पवृष्टि गरेको छ भने राइफल र तोपबाट महाशिवरात्रि बढाईं, झाँकी, कवाज, मार्चपास, हतियार प्रदर्शन र विभिन्न भेहिकल तथा उपकरणको प्रदर्शन समेत गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टूँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी भएकी छन् ।

No description available.

समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुनेछ ।

No description available.
No description available.

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन भएको छ।

No description available.
No description available.
No description available.
No description available.

प्रतिक्रिया