बिहीबार, वैशाख १३, २०८१

जसपा सचिवालय बैठक जारी, सरकारमा जाने विषयमा छलफल

नेपालखोज २०७७ फागुन २७ गते १३:१०

काठमाडौं । जनता समाजवादी पार्टीको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय बाालकुमारीमा बिहीबार दिउँसो सुरु भएको बैठकमा सरकारमा जाने वा नजाने विषयमा छलफल गर्नेछ ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो सहभागी छन् ।

सर्वोच्चले संसद् पुनर्स्थापना गरेपछि नयाँ सरकार निर्माणको तयारीमा रहेको माओवादी केन्द्रले जसपालाई सत्ता सहकार्यको प्रस्ताव रााखेको छ भने यता नेकपा एमालेले पनि आफ्नो सरकार जोगाउन जसपालाई सत्तामा आउन प्रस्ताव अघि सारेको छ ।

जसपाले भने मधेस र थरुहट आन्दोलनको वेलामा पक्राउ परेका रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग पूरा भएपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ । आजको सचिवालय बैठकले यस विषयमा निर्णय गर्ने सम्भावना छ ।

प्रतिक्रिया