मंगलबार, वैशाख ११, २०८१

सम्राट सिमेन्टद्वारा एनएस चिन्हको दुरुपयोग, विभागद्वारा सिमेन्टको विक्री वितरणमा रोक

नेपालखोज २०७७ फागुन २७ गते १३:४८

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले सम्राट सिमेन्ट कम्पनी प्रा.लि सतबरिया दाङलाई कारवाही गरेको छ ।

उक्त कम्पनीद्धारा उत्पादित देव सम्राट प्रिमियम सिमेन्ट ओ.पि.सि ५३ ग्रेडको सिमेन्टमा नेपाल गुणस्तरको ईजाजत पत्र प्राप्त नगरी ५३ ग्रेड (एनएस ५७२) मा नेपाल गुणस्तर प्रमाण चिन्ह प्रयोग गरी नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ तथा विनियमावली २०४० को वर्खिलाप गरेको पाईपछि कारवाही गरिएको विभागले जनाएको छ ।

यही फागुुन २६ गते बुुधबार भएको बजार अनुुगमनका क्रममा उक्त उद्योगबाट उत्पादित ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करिब एक सय बोरा ओ.पि.सि सिमेन्ट पि.आर.ए जगदम्वा ईन्टरप्राईजेज बाफल काठमाडौंमा विक्री वितरणको लागि राखिएको पाइएकोले उक्त उद्योगलाई नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, २०३७ तथा नियमावली २०४० बमोजिम कारवाही गरिएको हो, विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया