मंगलबार, वैशाख ११, २०८१

कालीकोट दुर्घटनामा मृतक संख्या दुई पुग्यो (अपडेट)

नेपालखोज २०७७ फागुन २७ गते १३:५९

कालीकोट ।कालीकोटमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२ ०० ख ०२४७ नम्बरको गाडी आठबीस नगरपालिका १ को सेलाघाट भन्ने ठाउँमा दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको हो ।

दुर्घटनामा कालीकोट शुभकालिका गाउँपालिका २ का ३७ वर्षीय जितेन्द्र शाही र नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विकको ज्यान गएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अर्जुन चन्द्रले बताए । शाहीको घटनास्थलमै ज्यान गएको हो भने विकको उपचारका क्रममा पादुका मेडिकल हलमा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ । गाडीमा १७ जना यात्रु रहेको बताइएको छ ।

प्रतिक्रिया