शनिबार, वैशाख १५, २०८१

एमालेको नेपाल पक्षीय स्थायी कमिटी सदस्यको भेला जारी

नेपालखोज २०७७ फागुन २७ गते १५:००

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यको भेला अहिले चलिरहेको छ ।

नेता नेपालको निवास कोटेश्वरमा चलिरहेको भेलामा पार्टीमा अब कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भइरहेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले पेल्ने सङ्केत मिलेपछि त्यसैअनुसारको रणनीति तय गर्न बैठक बोलाइएको नेपाल निकट एक नेताले जानकारी दिएका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताएपछि एमालेको औपचारिक बैठक बस्न सकेको छैन् ।

अब बस्ने बैठकमा आफ्नो समूह बलियो गरी उपस्थित हुने तयारीको लागि आज स्थायी कमिटीका १३ जना सदस्यको भेला बोलाइएको नेपाल पक्षीय नेताको भनाइ छ ।

प्रतिक्रिया