मंगलबार, वैशाख ११, २०८१

२४ घण्टामा ९७ कोरोना संक्रमित थपिदा मृतकको संख्या शून्य

नेपालखोज २०७७ फागुन २७ गते १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमण भएको छ । २४ घण्टामा चार हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ ।

त्यस्तै पछिल्लो घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ११६ पुगेको छ ।

हाल देशभर ९४२ जना आइसोलेसनमा र ५९ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म देशमा कोरोनाका कारण तीन हजार १२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया