शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री ओलीले जसपाका नेताहरुसँग छलफल गर्दै

नेपालखोज २०७७ फागुन २७ गते १६:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुने भएको छ ।

बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका जसपाका एक नेताले जानकारी दिए ।

सत्ता सहकार्यका विषयमा प्रधानमन्त्री ओलीले जसपाका नेतहरुसँग छलफल गर्न लागेका हुन् ।

संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राई बिहीबार छलफलमा बसेका थिए । उनीहरुले साँझ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको जसपाका एक नेताले जानकारी दिए ।

जसपाले सांसद् रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रमा मुद्दा चलाइएका आन्दोलनकारीको मुद्दा फिर्ता, संविधान संशोधनलगायतका माग अघि सारेको छ ।

प्रतिक्रिया