शुक्रबार, वैशाख १४, २०८१

कार्यकर्तालाई प्रशिक्षण दिन बुटवल जाँदै प्रचण्ड

नेपालखोज २०७७ फागुन २८ गते १०:३१

काठमाडौं । सर्वोच्चको आदेशबाट नेकपा माओबादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन आज बुटवल जाँदै छन् । आजबाट बुटवलमा सुरु हुने दलित पत्रकार संघको राष्ट्रिय अधिवेशनको उदघाटन गर्न अध्यक्ष दाहाल बुटवल जाँन लागेका हुन् ।

शुक्रबार बिहान १० बजे दलित पत्रकार संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गरेपछि दाहालले रुपन्देहीका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको माओवादीका नेता रामप्रसाद वञ्जाडेले जानकारी दिए । माओवादी केन्द्रले होटल डेनोभोमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । पार्टी ब्युँतिएपछि माओवादी केन्द्रको भोलिको कार्यक्रम नै पार्टीको पहिलो कार्यकर्तास्तरको कार्यक्रम हुने छ ।

प्रतिक्रिया