शुक्रबार, चैत १६, २०८०

डान्सबारबाट १ लाख ६३ हजार नक्कली नोट सहित २ पक्राउ

नेपालखोज २०७७ फागुन २८ गते १०:४३

काठमाडौं । काठमाडौं महानगरपालिका ४ सुकेधारास्थित आयुष डान्सबारबाट १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका ३ घर भएका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका ४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोट सहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया