युरोपा लिग फुटबलमा आर्सनलको सहज जित
नेपालखोज
२०७७ फागुन २८ गते १०:५७

एजेन्सी । इंग्लिश क्लब आर्सनलले युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । ओलम्पियाकोसको मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओएडेगार्ड, गाब्रियल र मोहमद एल्नेनीले एक एक गोल गरे । ओलम्पियाकोसका युसुफ एल अराबीले एक गोल फर्काए ।
खेलको ३४ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा युसुफले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ८० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा मोहमदले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए ।
जितसँगै आर्सनलको अन्तिम आठको सम्भावना बलियो बनेको छ ।
सम्बन्धित
प्रतिक्रिया