शुक्रबार, वैशाख ७, २०८१

निगमको स्पष्टिकरण : पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा हाम्रो भूमिका रहँदैन

नेपालखोज २०७७ फागुन २८ गते १३:४०

काठमाडौं । लगातार पेट्रोलिय पदार्थको मूल्य वृद्धि गर्दा विवादित बनेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ । नेपाल आयल निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताएका छन् ।

उनले आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पारे । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबढ गराउने उनको भनाइ छ । बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने उनको भनाइ छ।

आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको पनि उनले बताए । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । अहिले निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र खाना पकाउने एल पी ग्याँसको मूल्य १४ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया