शनिबार, वैशाख ८, २०८१

भागरथी हत्याका अभियुक्त भट्ट डोटी बाल सुधारगृहमा

नेपालखोज २०७७ फागुन २८ गते १३:५६

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशमाथि बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो । उनको कारावास सजाय भने अदालतले अहिलेसम्म नतोकेको प्रहरीले जनाएको छ ।

भट्टराईको शव बुझे आफन्तले

जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्तापछि बल्ल आफन्तले बुझेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले घटनाको विस्तृतरुपमा अनुसन्धान भइरहेको र अनुसन्धान जारी रहने सहमतिपछि आफन्तले शब बुझेका हुन् ।

मृतकका घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखे पनि प्रहरीले अनुसन्धान जारी राख्ने वचन दिएपछि बल्ल आएर आफन्तले शव बुझेका हुन् । मृतकको शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा सात दिनदेखि राखिएको थियो । शव बुझेसँगै मृतकको दाहसंस्कार पनि गरिएको डोटी प्रहरीले जनाएको छ।

अस्पतालमा गरिएको शवपरीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले मृतकको नमूना काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक शिक्षक भट्टराई बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी हुन् । उनि विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आएका छन् ।

प्रतिक्रिया