शुक्रबार, वैशाख १४, २०८१

बैंक अफ काठमाण्डूको विभिन्न बस सेवाहरुमा क्युुआर कोडको सुबिधा

नेपालखोज २०७७ फागुन २८ गते १४:१५


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार (क्युु आर कोड) विस्तारित गर्ने क्रममा पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा संकलनार्थ क्युुआर कोड को सेवा आज शुुक्रबारबाट सुरु गरेको छ । उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्युुआर कोड हस्तान्तरण गरेका हुुन् ।


यस सेवाको शुभारम्भ संगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले बसमा राखीएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको क्युुआर कोड लाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् । साथै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त यस बससेवा प्रयोग सम्पूर्ण यात्रुहरुले क्युुआर कोडस्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्ने छन् ।


साथै, यस बैंकद्वारा राखिएको क्युुआर कोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्युुआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । आदरणीय सेवाग्राहीहरुले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्युुआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।


हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । यस संगै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शाखा कार्यालयहरुलाई परिचालन गरी देशका विभिन्न ब्यापारीक तथा अन्य स्थानहरुमा क्युुआर कोड राखी डिजिटल कारोबारको लागी ग्राहकहरुलाई उत्प्रेरित गरिरहेको छ ।

प्रतिक्रिया