मंगलबार, वैशाख ११, २०८१

नेटटिभीको साझेदारीमा भ्वाइस अफ नेपाल सिजन-३ प्रस्तुत हुँदै

नेपालखोज २०७७ फागुन २८ गते १४:२९

काठमाडौं । हिमालय लिभिजन लगायत अरु सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालको सिजन–३ प्रस्तुत गर्न लागेको छ । वल्र्डलिंक कम्युनिकेशन्स् लिमिटेड लगायत यसका भगिनी कम्पनीहरु नेटटिभी र नेपाली पात्रोले सिजन–३ का सम्पूर्ण कार्यक्रममा साझेदारी गर्ने भएको छ । सिजन–३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वल्र्डलिंकले उपलब्ध गराउने छ र नेटटीभीले सम्पूर्ण गतिविधिको साझेदारको रुपमा आवद्ध भएको छ ।

भ्वाइस अफ नेपाल सिजन–३ को अफिसियल ओटीटी साझेदारको रुपमा नेट टीभी एप्स र सामुदायिक साझेदारका रुपमा नेपाली पात्रो रहेका छन् । वल्र्डलिंक कम्युनिकेशन्स् लिमिटेडका निर्देशक मनोज अग्रवालले सहकार्यमा जोडिन पाउदा खुशी भएको बताए । उनले भने ‘हामी हिमालय टीभीले प्रस्तुत गर्न लागेको भ्वाइस अफ नेपाल सिजन–३ को सम्पूर्ण गतिविधिमा आवद्ध हुन पाउँदा खुशी छौ ।’ कार्यक्रमले देशको गायन क्षेत्रमा नयाँ प्रतिभाको खोजिमा सहयोग पुग्ने उनको विश्वास रहेको छ ।

नेपाली जनतालाई नेटटीभीले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रदान गर्दै आइरहेको बताउदैँ उनले भने ‘कार्यक्रम हाम्रो आईपीटीभी सेवा जडान गरेका र नेटटीभी एप्सका ग्राहकहरुले हेर्न सक्नेछन् । असम्पादित विशेष प्रस्तुतीकरणहरुको मनोरञ्जन नेटटीभीको एप्समार्फत पनि लिन सक्नेछन् । प्रस्तुतीकरणको कार्यतालिका र यसका अध्यावधिक सूचनाहरु नेपाली पात्रोमार्फत पनि लिन सकिनेछ । शीर्ष प्रतिभाहरुलाई वल्र्डलिंकले बर्षभरि निःशुल्क इन्टरनेट र आइपीटीभी सेवाहरु प्रदान गर्नेछ, यसमा हामी खुशी छौ ।’

भ्वाइस अफ नेपाल अन्र्तराष्ट्रिय गायन क्षेत्रको रियालिटी सो हो । जसलाई नेपाली ढाँचा अनुसार प्रस्तुत गरिन्छ ।

प्रतिक्रिया