शनिबार, वैशाख १५, २०८१

माधव नेपाल पक्षलाई अप्ठ्यारो पर्ने कुनै कदम नचाल्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

नेपालखोज २०७७ फागुन २८ गते १४:४८

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाललाई अप्ठ्यारो पर्ने कुनै कदम नचाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो निर्देशन दिएका हुन् ।

‘पूर्वएमाले साथीहरूबारे निर्णय गर्दा तपाईंहरूले हेडक्वार्टरसँग सम्पर्क गरेर मात्रै निर्णय गर्नुहोला, आफै नटुंग्याउनुहोला,’ उनले भने–‘कुनै पनि जिल्लाका हाम्रा गतिविधिले केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस् (चित्त नदुखोस्) । किनकी त्यसको ठूलो अर्थ छ ।’

साथै उनले माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरू एमाले पार्टीमै फिर्ता भए पनि त्यो पार्टी अब एक नरहने बताए ।

‘अब एमाले एक रहने स्थिति नै छैन । एमालेको नेपाल–खनाल पक्षलाई सहयोग गर्नुपर्छ ।’ उनले भने ।

प्रतिक्रिया