बिहीबार, वैशाख १३, २०८१

अस्ताए दक्षिण अफ्रिकाका जुलु राजा

नेपालखोज २०७७ फागुन २८ गते १५:३०

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ । मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना भएका राजा गूडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ ।

राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार बिहान निधन भएको उल्लेख छ । राजा गूडविलले जुलु देशको राजाका रुपमा निकै लामो अवधि शासन गरेको थियो । उनको शासनकाल झण्डै पाँच दशक रहेको थियो । सन् १९४८ मा उत्तरी क्वाजुलु–नाटालको नोङ्गोमामा जन्मनु भएका गूडविल सन् १९६८ देखि राजगद्दीमा रहेको थियो ।

प्रतिक्रिया