शुक्रबार, वैशाख १४, २०८१

युटूबमा पनि दर्शकको मायाँ पाउँदै मारुनी

नेपालखोज २०७७ फागुन २८ गते १५:४१

काठमाडौं । गत बर्षको भदौमा रिलिज भएको फिल्म ‘मारुनी’ युट्युव मार्फत सार्वजनिक भएको छ ।

दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको फिल्म महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले फिल्म बुढासुब्बा डिजिटल युट्युब मार्फत सार्वजनिक गरेको हो ।

साम्राज्ञी र अभिनेता पुष्प खड्को रोमान्स रहेको फिल्मले सार्वजनिक प्रदर्शनमा भने औसत व्यवसाय गर्न सफल भएको थियो । नवल नेपालको निर्देशन रहेको फिल्ममा त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो ।

सार्वजनिक भएको पछि यो फिल्म अहिले युटुबको ट्रेन्डिङ ८ मा पर्न सफल भएको छ । फिल्मलाई २१ घन्टामा ३ लाख ६८ हजार भन्दा धेरै पटक हेरिएको छ भने १२ सय भन्दा बढी प्रतिक्रिया पाएको छ। नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको यो फिल्मलाई युटुबमा पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।

साम्राज्ञी र पुष्पको अलवा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय रहेको छ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

प्रतिक्रिया