शुक्रबार, वैशाख ७, २०८१

सामसङको कर्ड मेस्ट्रो टिएम रेफ्रिजेनेरेटर नेपालमा

नेपालखोज २०७७ फागुन २८ गते १५:४६

काठमाडौं । नेपालको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा कर्ड मेस्ट्रो टिएम रेफ्रिजेनेरेटर उपलब्ध गराएको छ । यो रेफ्रिजेनेरेटर विश्वकै पहिलो हो जसले खानेकुरालाई सुरक्षितमात्र राख्दैन यसले खानेकुरा तयार समेत गर्दछ । यसबाट दैनिकरुपमा आफ्नो आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन सकिन्छ ।

कर्ड मेस्ट्रो टिएम सामसङको एक नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण गरिएको सामसङले जनाएको छ ।

कर्ड मेस्ट्रो टिएमले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्दछ–यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । कर्ड मेस्ट्रो टिएमबाट कन्टेनरमा मनतातो दुध राखेर केही कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई कर्ड मेस्ट्रो टिएममा राख्नुपर्दछ । यस पछि कर्ड अप्सनलाई छनौट गरी मेस्ट्रो टिएम रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र दही तयार गर्दछ ।

कर्ड मेस्ट्रो टिएमले जस्तोसुकै मौसममा पनि एकनाशको दही बनाउन सक्दछ । यो कर्ड मेस्ट्रो टिएम रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको छ ।

यो स्मार्ट कन्भर्टेवल ५ इन १ टुइन कुलिङ्ग रेफ्रिजेनेरेटर विभिन्न पाँच मोड– नर्मल, एक्ट्र सपिङ्ग, भ्याकेशन, सिजनल तथा होम अलोन उपलब्ध रहेका छन् । यो कन्भर्टेवल मोडेलहरुमा विद्युत खपत पनि न्यूनतम मात्र हुन्छ । यो कन्भर्टेवल मोडेलहरुमा भएको ट्वीन कुलिङ प्लस टिएम स्वतन्त्र कुलिङ्ग सिस्टम हो, यसको फ्रिज र फ्रिजरमा छुट्टा छुट्टै एयर फ्लो हुन्छ । जसले गर्दा फ्रिज र फ्रिजर बीच खानेकुरा झिक्ने र राख्ने गर्दा उत्पन्न हुन सक्ने गन्ध रहदैन ।

कर्ड मेस्ट्रो टिएम रेफ्रिजेनेरेटर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापार मार्फत अगस्ट २०२० देखि उपलब्धरहेको छ । कर्ड मेस्ट्रो टिएम यसका मोडेलहरु ६३,९९० देखि ७८,९९० रुपैयाँ सम्ममा खरिद गर्न सकिने कम्पनिले जनाएको छ ।

प्रतिक्रिया