बिहीबार, वैशाख १३, २०८१

एमाले ओली पक्षीय केन्द्रीय सदस्यहरुको भेला बालुवाटारमा

नेपालखोज २०७७ फागुन २८ गते १६:११

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन् ।

ओली पक्षका केन्द्रीय सदस्य कृष्ण राईले उपत्यकामा रहेका केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाइएको जानकारी दिए ।

‘उपत्यकामा रहनुभएको कन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाइएको हो’, राईले भने, ‘अहिले हामी बालुवाटार आइपुगेका छौँ। अबको केही समयपछि भेला शुरु हुन्छ ।’

एमालेले चैत १ गतेका लागि केन्द्रीय समतिको बैठक बोलाएको छ । केन्द्रीय समिति बस्नुअघि प्रधानमन्त्री ओलीले आफू निकट केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन् ।

यसअघि एमालेभित्रकै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले स्थायी र केन्द्रीय सदस्यको भेला गरिसकेका छन् ।

प्रतिक्रिया