शनिबार, वैशाख ८, २०८१

काठमाडौंबाट साढे २ किलो युरेनियमसहित चार जना पक्राउ

नेपालखोज २०७७ फागुन २८ गते १६:०७

काठमाडौं । प्रहरीले बौद्ध क्षेत्रबाट साढे २ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पक्रार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा एआईजी हरिबहादुर पालले नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना भएको बताए । एआईजी पालका अनुसार जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ। 

बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामा, ४० वर्षकै जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन्। नारायण सिंह र जानुका रामेछाप लिखु तामाकोशीका हुन् भने चौहान रामेछापका हुन्। न्यौपाने भने सिन्धुली सुनकोशीका हुन्।

पक्राउ परेका चारै जनालाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया