बिहीबार, वैशाख १३, २०८१

मोबाइल सुरक्षित राख्न पनि काम लाग्छ भिपीएन

नेपालखोज २०७७ फागुन २८ गते १६:१६


काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क भीपीएन तपाईंको डिभाइस र रिमोट सर्भरबीचको एउटा सुरक्षित लिङ्क हो । यसले तपाईंको सबै ट्राफिकलाई इन्क्रिप्ट गरिदिन्छ । र, बिचौलियाहरुले तपाईंको नेटवर्कबीच के कुरा आदानप्रदान भएको छ भन्ने कुरा थाहा पाउन सक्दैनन् ।

इन्टरनेटमा तपाईं टाढाको लोकेसनबाट जोडिनु भएको हुन्छ । यदि भीपीएन प्रयोग गर्नु भएको छ भने तपाईंले भिजिट गरेको वेबसाइट तपाईंको वास्तविक आईपी एड्रेसको सट्टामा छद्म आईपी एड्रेस मात्र देख्न सक्ने छन् । जसले गर्दा तपाई सजिलै अनलाइनमा अज्ञात रहन सक्नुहुन्छ ।

भीपीएनलाई कम्प्युटर, म्याक, राउटर र स्मार्ट टिभीमा प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड भीपीएनलाई एन्ड्रोइड डिभाइसमा प्रयोग गर्न सकिन्छ भने आईफोन भीपीएनलाई आईओएस डिभाइसमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया