बिहीबार, चैत १५, २०८०

एमालेको महाधिवेशन मंसिरमा

गृहमन्त्री बादलसहित माओवादीका २३ जना नेता एमालेको केन्द्रीय सदस्य मनोनित

नेपालखोज २०७७ फागुन २८ गते १६:३३

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ ।

बालुवाटारमा शुक्रबार दिउँसो बसेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटिको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

२०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको जनाइएको छ ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित माओवादी केन्द्रका २३ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

बैठकले गृहमन्त्री बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साहलगायत २३ जनालाई मनोनित गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकरी दिए ।

एमालेको प्रवक्तको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिइएको छ । गृहमन्त्री थापालाई नेकपा एमालेको उपध्यक्ष बनाउने तयारी भएको भए पनि आज उपाध्यक्ष मनोनित नगरिकएको नेम्वाङले बताए ।

माओवादी केन्द्रका नेताहरुले आफ्नो सांसद पद गए पनि ओलीलाई साथ दिने बताएपछि ओलीले केन्द्री कमिटीमा मनोनयन गरेका हुन् ।

प्रतिक्रिया