बुधबार, वैशाख १२, २०८१

उँचो मनोबल बनाउँदै रियल मड्रिड

नेपालखोज २०७७ फागुन २८ गते १६:५४


एजेन्सी । रियल म्याड्रिडले यो साता ला लिगामा इल्चे र च्याम्पियन्स लिगमा एटलान्टासँग प्रि–क्वाटरफाइनलको दोस्रो लेग खेल्दैछ । ला लिगामा तेस्रो स्थानमा रहेको रियलले शनिबार इल्चेसँग तथा मंगलबार राति एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ । च्याम्पियन्स लिगमा रियल १–० ले अघि छ ।

दुवै खेलाडी प्रशिक्षणमा फर्किएपछि रियलको मनोवल बढेको छ । उनीहरुले टोलीसँगै पुर्ण प्रशिक्षण गरेका छन् । दुवै खेलाडी चोटका कारण पछिल्लो एक महिनायता टोलीमा रहेका छैनन् ।

इडेन हाजार्ड ३० जनवरीमा लेभान्टेसँग २–१ ले पराजित भएपछि ७ खेलमा अनुपस्थित रहेका छन् । कप्तान सर्जियो रामोस एथलेटिको बिल्वाओसँग २–१ ले पराजित भएपछि १० खेलमा अनुपस्थित छन् । रियलले मिडफिल्डर क्यासमिरोले भने लिगको खेल गुमाउनेछन् ।

स्पेनिस टोली सेभिल्ला र बार्सिलोना दुवै च्याम्पियन्स लिगबाट बाहिरिसकेका छन् । रियल पहिलो लेगमा अघि रहँदा स्पेनको अर्को टोली एटलेटिको म्याड्रिड चेल्सीसँग १(० ले पछि छ । दोस्रो लेग एटलटिकोले अवे मैदानमा खेल्दैछ ।

प्रतिक्रिया