शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

नेपालखोज २०७७ फागुन २८ गते २१:३५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६र०७७ को प्रतिवेदन आज पेश गरेका छन् ।

राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिए ।

प्रतिक्रिया